बालविवाह न्यूनिकरण गर्न कालिका नगरपालिकाद्धारा सचेतना कार्यक्रम
२६ पौष, कालिका, मझवाङ्ग । बालविवाह न्यूनीकरणका लागि चितवनका स्थानीय तहहरूले अभियान सञ्चालन गरिरहेका छन् । बालबालिकाहरूलाई २० वर्षपछि मात्रै विवाह गर्न प्रोत्साहन गर्ने उद्देश्यले बालबालिका र अभिभावकहरूलाई बालविवाहले पार्ने नकारात्मक असर र कानुनी कारबाहीबारेमा जानकारी गराइरहेको स्थानीय तहहरूले जनाएका छन् ।
बिद्यालयका बालबालिकाहरुमा बालबिबाह तथा बहु बिबाह सम्बन्धि जनचेतना फैलाउन आज चितवनको कालिका नगरपालिकाले बाल बिवाह तथा बहुबिवाह बिरुद्ध सचेतनामुलक कार्यक्रम गरेको छ । कालिका नगरपालिका वडा नं १० मा रहेको मझवाङ्ग माध्यमिक बिद्यालयमा कक्षा ६ देखी कक्षा १० सम्म पढ्ने बिद्यार्थीहरुको लागि सचेतना गराइएको थियो । कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख बिनोद रेग्मीले पहिला अज्ञानता र अशिक्षाका कारण बालबिवाह गर्ने प्रचलन रहेको र हाल बिभिन्न सामाजिक सञ्जालका कारण पनि बालविवाहको दर बढेको बताउनु भयो ।
साना साना बालबालिकाहरु यस तर्फ आकर्षीत भएको भन्दै रेग्मीले अभिभावकहरु सचेत बन्नुपर्ने बताउनु भयो । विद्यालयमा खाजा कार्यक्रमले बिद्यार्थीको आकर्षण बढेको छ तर चितवनको दुर्गम भुभागमा रहेका सिमान्तकृत आदिबासी चेपाङ्ग समुदाय अझै पनि शिक्षाको पहुँच बाहिर रहेको मेउर रेग्मीको भनाई थियो ।

सचेतना कार्यक्रममा बिद्यालयका प्रधानअध्यापक फणिन्द्र पनेरुले अभिभावकहरुको आयश्रोतमा कमी भएका कारण पनि बिद्यालयमा आदिबासी चेपाङ्ग समुदायका बालबालिकाले चाडै नै कक्षा छोड्ने गरेको बताउनु भयो । प्रधानअध्यापक पनेरुले जिवनउपयोगी शिक्षाको खाँचो रहेको बताउनु भयो ।
कार्यक्रममा प्रहरी नायब उपरिक्षक रबीनबावु रेग्मीले बालविवाह सम्बन्धी कानुनका बारेमा जानकारी दिनु भएको थियो । उहाँले नेपालको कानुनले बिवाह गर्ने उमेर बिस बर्ष कटेपछी मात्रै गर्न मिल्ने बताउनु भयो ।
बाल विवाह तथा बहुविवाह र महिला हिंसा हुनुभन्दा पनि हुनै नदिन यस कार्यक्रमको मुख्य उदेश्य रहेको कालिका नगरपालिका वडा नं १० का वडा अध्यक्ष तथा कार्यक्रमका सभापति नरजंग प्रजाले बताउनु् भयो ।
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















