0Shares

जापान ।राष्ट्रीय आविष्कार केन्द्रको सहयोगार्थ जापानको नागोयामा सांस्कृतिक साँझ आइतवार सम्पन्न भएको छ। सोही कार्यक्रममा दिपक कार्की र सुमन लिम्बुलाई सम्मान गरिएको छ। कार्की एनआरएनए आईसिसि सदस्य हुन् । उनि बिगत देखि जापानमा सामाजिक सेवामा कृयाशिल व्यक्ति हुन् । भने लिम्बु एनआरएनए जापानका पूर्व सल्लाहकार तथा आयोजक संस्थालाई अभिभावकत्व प्रदान गरेको भन्दै सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वलाई एनआरएनएका उपाध्यक्ष गोविन्द्र श्रेष्ठ र एनआरएनएका एसिया प्यासिफिक संयोजक पारशमणि पोख्रेलले सम्मान पत्र, खादा र मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो।

नेफिन जापान ,नागोयाले आयोजना गरेको उक्त सांस्कृतिक कार्यक्रमबाट बचत रकम नेपाली बैज्ञानिक महाविर पुनद्वारा नेपालमा सञ्चालित नेपालीहरूको गौरव राष्ट्रीय आविष्कार केन्द्रलाई उपलब्ध गराईने किरात राई यायोक्खा नागोयाका सचिव नरेश राईले बताए ।

उक्त सास्कृतिक कार्यक्रम आयोजना गरि केहि भए पनि राष्ट्रिय आविष्कार केन्द्र लाई सहयोग गर्न सकिएकोमा किरात राई यायोक्खा नागोयाका अध्यक्ष सुखराज राईले खु : शी लागेको बताए ।कार्यक्रममा नेपालबाट आएका कलाकारहरू राजेश पायल राई , सबिना योङ्हाङ् लिम्बु र समृद्धि परियार साथै जापानमा रहेका गायक श्याम शितल लगाएतको प्रस्तुति रहेको थियो । सांगितक कार्यक्रममा उपस्थित दर्शकहरु संगितमा मस्त झुमिरहको देख्न सकिन्थ्यो ।

आयोजक संस्था नेफिन जापानका महासचिव शिशिर लिम्बुले यस अघि फुकुओका र नागोयामा सम्पन्न कार्यक्रम पछि जनवरी १४ तारिख शनिबार चिबा केनको फुनाबासीमा र जनवरी १५ तारिख टोकियोको इकेगामी हलमा ”नेफिन जापान सांस्कृतिक साँझ २०२३ ” हुने जानकारी दिए।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement