9Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले जफत गरेको मोबाइल सेट लिलामीका लागि राखिएको छ । नियम विपरीत विदेशबाट ल्याइएका फाेनकाे भन्सार नतिरे कार्यालयले जफत गर्ने गरेकाे छ ।

यसअन्तर्गत आईफोनसहित विभिन्न ब्रान्डका १५१ थान स्मार्टफोन सिलबन्दीको माध्यमबाट बिक्री गर्न लागेको भन्सार कार्यालयले जनाएकाे छ । यी फोनहरूको न्यूनतम मूल्य ९३ लाख ५४ हजार रुपैयाँ तोकिएको छ ।

विभागले माघ २ गतेसम्म इच्छुक व्यक्ति वा कम्पनीबाट दरभाउपत्रको आह्वान गरेको छ ।

यसका साथै विभागले विभिन्न ब्रान्डका ४० थान प्ले स्टेसनको पनि लिलामी बिक्रीका लागि सूचना जारी गरेको छ । यसअन्तर्गत ४० थान प्ले स्टेसनका सामग्रीहरुको न्यूनतम मूल्य दुई लाख ७८ हजार २०० रुपैयाँ तोकेको छ ।

9Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement