11Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बिओके)लाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ।

राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो। दुवै बैंकको मंसिर २३ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो।

दुवै बैंक १ः१ को अनुपातमा मर्ज हुन लागेका हुन्। मर्ज पश्चात दुवै बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ कराेड रूपैयाँ पुग्नेछ। चुक्ता पुँजीको आधारमा यो बैंक सबैभन्दा ठूलो बन्नेछ।

यसअघि नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरू गरिसकेको छ। त्यस्तैगरी आजदेखि कुमारी र नेपाल क्रेडिट एन्ड कमर्स बैंक मर्ज भई एकीकृत कारोबार सुरू गरेको छ। अन्य आठ वाणिज्य बैंक मर्जको अन्तिम तयारीमा छन्।

प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकको साधारणसभाले मर्जर प्रस्ताव पारित गरिसकेका छन्।

11Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement