0Shares

मंसिर २० गते, मंगलबार, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (NIB) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर २१ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले पुस ७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै, सभाले मेगा बैंकको १०० कित्ता बराबर इन्भेष्टमेन्ट बैंकको ९० कित्ता शेयर हुने गरी एक आपसमा गाभ्ने गाभिने कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement