चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत अवस्थामा
0Shares
मंसिर २०–
चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत गुन्द्रहिढाका मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ३५ वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको छ ।
सामुदायिक वनको दक्षिण–पूर्व क्षेत्रमा सोमबार दिउँसो १२ बजे मृत गैंडा फेला परेको हो । उक्त गैैंडा बुढो भएर मरेको हुन सक्ने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
मृत गैंडाको खाग र खुर सुरक्षित रहेकोले प्रकृतिक कारण (बुढोभएर)ले मृत्यु भएको तिवारीले बताए ।

0Shares
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















