शान्तिपूर्ण र रचनात्मक क्रान्ति थालनी गर्दै स्वतन्त्र उम्मेदवारी ः दिनेश कोइराला
छविलाल न्यौपाने
चनौली । चितवन क्षेत्र नम्बर ३ का संघीय संसद्का लागि उम्मेदवार दिनेश कोइरालाले लोकतन्त्रलाई पिँजडाको सुगा बनाइएकोले यसैका विरुद्ध शान्तिपूर्ण र रचनात्मक क्रान्ति थालनी गर्दै स्वतन्त्र उम्मेदवारी दिएको वताएकाछन।
भरतपुर महानगरपालिका वडा नं. २० चनौलीमा सोमबार आयोजित कोण सभालाइ सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रको खोल ओढेको नयाँ खालको राणाशासन या पारिवारिक शासन देशमा लाद्ने प्रयास भइरहेको भन्दै अब यस्तो हुन नदिने बताए ।
’लोकतन्त्रको खोल ओढेको नयाँ खालको राणा शासन या पारिवारिक शासन यो देशमा लाद्ने प्रयास भइरहेको वताउदै उनले अब यो हुन दिइँदैन,’ उनले दिँदै भने, ’अब लोकतन्त्रलाई जनताको घर आँगनमा पु¥याइनेछ, केही परिवारका लागि लोकतन्त्र हुने, बाँकीले दास बन्नुपर्ने विकृत प्रथा मान्न कुनै हालतमा सकिँदैन ।
कांग्रेस र नेकपा एमालेजस्ता देशका स्थापित राजनीतिक दलहरुले बाटो बिराउनु नहुने भन्दै उनले कांग्रेस र एमाले नै देशका वर्तमान हुन्, कांग्रेस र एमाले नै देशका भविष्य भएको दाबी गरे ।दलहरुलाई सही बाटोमा नहिँडाई देश ठीक बाटोमा नहिँड्ने भन्दै उनले राष्ट्रिय राजनीतिमा हस्तक्षेप गरेर शान्तिपूर्ण तथा रचनात्मक क्रान्ति गर्ने हो भने कांग्रेस र एमालेलाई सुधार्नै पर्नेमा उनको जोड थियो ।
कोण सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पार्टी अध्यक्ष राम प्रसाद न्यौपानेले प्रतिनिधि सभा सदस्य निर्वाचनका स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई जिताउने जिम्मा एमालेले लिएको बताय।
दिनेश कोइराला नेपाली कांग्रेसको नेता भए पनि एमालेले जिताउन खोजेको जानकारी गराउँदै उनले कांग्रेसले पनि उनलाई नै सहयोग गर्नुपर्नेे बताय। “आफू इमान्दार कांग्रेस हो भने दिनेशलाई जिताउनुस“, न्यौपानेले भने। एमालेले विकास र समृद्धिको अठोट लिएको बताउँदै त्यो के.पी ओलीबाट मात्र सम्भव भएको उनले बताय ।
सभामा बोल्दै चितवन क्षेत्र नम्बर ३ क बाट प्रदेश सभा सदस्यका उम्मेदवार कृष्ण भुर्तेलले कृषि र पर्यटनलाई आफ्नो प्रथामिकतामा रहेको वताए
आधुनिक कृषि उत्पादनलाई प्रोत्साहन गर्दै यस क्षेत्रमा उत्पादन हुने कृषि उपजहरूको पकेट क्षेत्र निर्धारण गरी बेमौसमी उत्पादनलाई प्रोत्साहन गर्ने , नारायणी र रापती नदीको कटान नियन्त्रण गर्ने मेघौली एयरपोर्टलाई कालोपत्रे गरी पर्यटकीय एयरपोर्ट बनाउने र मेघौलीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, राइनो पार्क निर्माण सम्पन्न गर्ने, बजार क्षेत्रमा ढलको व्यवस्था गर्ने, सामुदायिक वनमा पर्यटकीय पार्क बनाउने, निर्माणाधीन चित्रवन र अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई पूरा गर्ने आदि एजेन्डा रहेको उनले वताए ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















