0Shares

कालिका । मंसिर ४ लाई लक्षित गरेर घरदैलो अभियान सुरु गरेको नेकपा एमालेका उम्मेदवारहरुलाई कालिका नगरपालिकाका सुकुम्वासीहरुले स्वागत गरेका छन् । नगरपालिकाको वडा नं. ३ स्थित दुईसय विगहा क्षेत्रका सुकुम्वासीहरुले माला र अविर लगाएर प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णभक्त पोख्रेल र प्रदेश सभा सदस्य कृष्ण सिलवाललाई स्वागत गरेका हुन ।

घरदैलोगर्दै दुईसय विगहाक्षेत्रमा पुगेका उम्मेदवारहरुलाई यहाँका सुकुम्वासीहरुले लालपुर्जा उपलव्ध गराउन समेत माग गरे । स्थानीयतहको अघिल्लो उम्मेदवारहरुले बाटो, सडक, खानेपानी उपल्वध गराएको सुनाउँदै यो पटक तपाईहरुले लालपुर्जा उपलव्ध गराउन भने ।

दुईसय विगहाक्षेत्रमा प्राय सबैजसो सुकुम्वासी छन् । वडा नं. ३ मा पर्ने दुईसय विगहाक्षेत्रमा यस अघि स्थानीयतहको समन्वयमा सुकुम्वासीहरुको जग्गा नापचाँज समेत भइसकेको छ ।

यो सुकुम्वासी बस्तीको प्राय सबैजसो बाटोहरु कालोपत्रे भइसकेको छ । पानी देखि सिंचाईको समेत व्यवस्था भइसकेको छ । स्थानीयले लालपुर्जा पाउनपाए आफुहरु निकै भाग्यमानीहुने उम्मेदवारहरुलाई सुनाए ।

घरदैलोपछि मिलन चोकमा आयोजना गरिएको कोणसभालाई संवोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णभक्त पोख्रेलले आफुहरुले जितेपछि पहिलो काम सुकुम्वासीहरुले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरणगर्ने बताउनुभयो ।
१० वर्ष सम्म निरन्तर बस्दै आएको जग्गालाई स्वत सम्बन्धित व्यक्तिलेनै लालपुर्जा पाउने कानुननै आफ्नै पहलमा तयार भएकाले यो विषयमा ढुक्क हुन स्थानीयहरुलाई आग्रह गरे ।

अबको आफ्नो जिम्मेवारी सुकुम्वासीको समस्या समाधानसँगै बाढीप्रभावित क्षेत्रलाई सुरक्षितगर्न ड्याम बनाउने, फोहोर व्यस्थापनका लागि ल्याण्डफिल्ड बनाउने लगायतका योजना सुनाउनुभयो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement