900Shares

२७ भदौ कलैया, बारा । बारा क्षेत्र नं ४ ख का क्षेत्रीय सभापति लोकेश सिंह प्रदेश सभाको चुनावमा प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस हुनु भएको छ ।

काँंग्रेस क्षेत्रीय सभापति सिंह सिफारिसमा रहेकाहरुमध्येमा एक नम्बरमा सिफारिस हुनु भएको हो । उहाँ जिल्लामा लोकप्रिय युवा नेता हुनुहुन्छ । युवाहरुका ढुकढुकी, अन्याय अत्याचारका विरुद्धमा आवाज उठाउने गरिबहरुको सुख दुखको साथी सिंहको काँग्रेसमा जनआधार बलियो रहेको छ ।

लामो समय बारा तरुण दलको नेतृत्वमा रहनु भएका सिंहले जनताको माझमा रहेर काम गरेका कारण पनि उहाँ लोकप्रिय हुनुहुन्छ । सिंहको जन्म २०३६ साल वैशाख १६ गते बाराको कलैयामा भएको हो । २०४८ सालमा त्रिचन्द्र माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहदा ईकाई सभापति भएर उहाँले आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । विद्यार्थी राजनीतिबाट सुरु भएको उहाँको राजनीतिक २०५७ सालमा नेविसंघ बारा जिल्ला कोषाध्यक्ष हुनु भयो ।

२०६२÷६३ को जनआन्दोलनमा सक्रिय भएर लाग्दै गर्दा बिरगँञ्ज कारागारमा एक महिनासम्म हिरासत रहनु भयो । एक महिनासम्म जेलमा रहदा उहाँमा राजनीति नसा नसामा पर्यो र यही राजनीतमा आफ्नो जीवन समर्पीत गर्ने अठोठका साथ २०६८ सालदेखि हालसम्म तरुण दल बाराको अध्यक्ष भएर जिल्ला हाक्नु भयो । करिब बिस वर्षसम्म तरुण दल मार्फत तरुण युवाहरुलाई विभिन्न सामाजिक कामहरुमा अग्रसर गराउन उहाँ सफल हुनुभयो ।

राजनीतिलाई कमाई खाने भाडो बनाउन हुदैन भनेर उहाँले दुई वर्षसम्म सडक विभाग हेटौडामा रहेर काम गर्नुभयो भने हाल विभिन्न व्यवसायमा आवद्ध हुनुहुन्छ ।

रातदिन समाजमा रहेर काम गरेकै कारण उहाँ युवाहरुको ढुकढुकी हुनुहुन्छ भने विभिन्न सामाजिक संघ संस्थामा बसेर सामाजिक कार्यमा आफुलाई अब्बल सावित गरिसक्नु भएको छ । उहाँ सामुदायीक प्रहरी बाराको कोषाध्यक्ष हुनुहुन्छ भने महिला र बालबालिकाको अधिकार स्थापीत गर्नका लागि अनवरत रुपमा लागि रहनु भएको छ ।

पार्टीको जिम्मेवारी र जनताप्रतिको दायित्व पूरा गर्दैगर्दा नेपाली काग्रेसको महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य दुई जिल्ला कार्यसमिति सदस्य भएर काम गरीसक्नु भएको छ । विभिन्न समयक्रममा आफुलाई आएको जिम्मेवारी सफलताका साथ निभाउँदै अगाडि बढ्नु भएको छ । सानै उमेरदेखि स्थानीय समस्याहरुसंग हातेमालो गरेर जिम्मेवारी सम्हाल्दै सामाजिक कार्यमा लाग्नु भएका सिंह विद्यालय, बाटो निर्माण उपभोक्ता समिति, सहकारीलगायत थुप्रै सामाजिक संघसंस्थामा आबद्ध भएर सामाजसेवामा निरन्तर लागि रहनु भएको छ ।

बारा क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापति सिंह यही क्षेत्रमा जन्मेर हुर्कदै राजनीति र सामाजिक कार्यमा लागेका कारण पनि सबैका माझ लोकप्रिय हुनुहुन्छ । आफुले अव हुने प्रदेश सभा निर्वाचनमा टिकट पाउनेमा ढुक्क रहेको भन्दै उहाँ भन्नुहुन्छ , “निर्वाचित भए यहाँको विकास निर्माण र यस क्षेत्रको जनजिविकाको सवालमा सधै जनताको हितमा हुने काम गर्न अग्रसर छु ।’

पार्टीभित्र निष्ठावान इमान्दार र अनुशासित एवं कुशल संगठनको छवि बनाउनु भएका सिंहले यस भन्दा अघिका चुनावहरुमा काँग्रेसलाई जिताउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । उहाँ भन्नुहु्न्छ, यहाँका स्थानियलाई नजिकबाट चिनेको छु । मैले टिकट पाएमा यहाँको माटो सुहाउँदो र भौगोलिक अवस्था, समस्याहरुसँग नजिकबाट अवगत भएकाले जनताले आफूलाई रोज्नेमा ढुक्क भएको छु । ”

900Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement