एमाले उपाध्यक्ष बादललाई मातृशोक
0Shares
१९ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ ।
उनकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्दकुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
नन्दकुमारीको आज देवघाटमा अन्तिम संस्कार गरिने परिवार स्रोतले जनाएको छ ।
0Shares
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















