0Shares

चितवन, भदौ १५–

प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि १० हजार रुपैयाँ सहयोग गरिएको छ । वैदेशिक रोजगारीका लागि हाल जापानमा रहेका मिलन पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर कोषका लागि सहयोग गरेका हुन् ।

लामो समयसम्म चितवनमा बसेर पत्रकारिता गरेका पौडेल प्रेस चौतारी चितवनका सदस्य समेत हुन् । चितवनका पत्रकारहरुको संरक्षण र क्षमता विकासका लागि प्रेस चौतारीले पत्रकार कल्याणकारी कोषको स्थापना गरेको हो । कोषलाई यसअघि प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले १० हजार र प्रेस चौतारी चितवनकी इन्चार्ज प्रतिमा सिलवालले पाँच हजार रुपैयाँ सहयोग गरेका थिए ।

पत्रकारहरु बिरामी वा दुर्घटनामा परी उपचार गर्नु पर्ने अवस्थामा निजको आर्थिक अवस्थाले थेग्न नसक्ने अवस्था आएमा कोषको रकमले उपचार गरिने अध्यक्ष पण्डितले बताए । तर त्यसको लागि प्रेस चौतारी चितवनको सदस्य वा चितवनको क्रियाशील पत्रकार हुनु पर्नेछ ।

प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएको र यसको पक्षमा संघर्षरतलाई प्राथमिकता दिइने उनले बताए । प्रेस चौतारी आवद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याज तथा अन्य सहयोगबाट २० हजार रुपैयाँ उपलब्ध गराइएने उनको भनाइ छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement