0Shares

चितवन, भदौं १३ –
अङ्कुरम् स्काउट ट्रपको आयोजना तथा अङ्कुरम् एकेडेमी चितवनको सहयोगमा अन्तरविद्यालय स्काउट रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा सनराइन इग्लिस स्कुल प्रथम, ग्रिनल्याण्ड इङ्गिलस स्कूल दोश्रो र एकता शिशु निकेतनका विद्यार्थीहरुले तेश्रो स्थान हासिल गरे ।

पहिलो हुने समूहले १० हजार नगदसहित रनिङ शिल्ड प्राप्त ग¥यो भने दोस्रो हुनेले सात हजार ५०० र तृतीय हुनेले नगद पाँच हजार पुरस्कार राशीप्राप्त गरे । प्रतियोगितामा मुग्लिनदेखि माडी सम्मका २० वटा विद्यालयका करिब १४० विद्यार्थीको सहभागिता रहेको थियो ।

हरितालिका तीजको अवसर पारेर नेपाली कला र संस्कृतिको संरक्षणसँगै विभिन्न विद्यालयको स्काउट विद्यार्थीहरुको मित्रता कायम गर्ने उद्देश्यले कार्यक्रम गरिएको एकेडेमीकी परीक्षा प्रमुख सदिक्षा पौडेलले जानकारी दिइन् ।

प्रतियोगितामा बज्रयोगा तथा डान्स एकेडेमीका निर्देशक पुष्प श्रेष्ठ र अङ्कुरम् एकेडेमीका नृत्य प्रशिक्षक निरा गुरुङले निर्णायकको भूमिका निभाएका थिए । पठनपाठन साथसाथै अतिरिक्त क्रियाकलापलाई पनि अन्तर्राष्ट्रियस्तरबाट सञ्चालन गर्दै आइरहेको यस एकेडेमीले मासिक तथा वार्षिक रुपमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement