0Shares

काठमाडौँ — लिबियाको त्रिपोलीमा प्रतिद्वन्द्वी लडाकुहरूबीच भएको झडपमा कम्तीमा ३२ जना मारिएका छन् । साथै १५९ जना घाइते भएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार राजधानी त्रिपोलीमा शनिबार भीडन्त भएको थियो । जुन भीडन्तलाई पछिल्लो २ वर्षयता भएका सबैभन्दा खराब भीडन्तमध्ये एक मानिएको छ ।यससँगै लिबियामा युद्ध बढ्नसक्ने आकलन गरिएको छ ।

भीडन्तको क्रममा मारिनेमा एक जना हास्य कलाकार मुस्तफा बराका पनि थिए । बाराकाको छातीमा गोली लागेर मृत्यु भएको बताइएको छ ।

भीडन्तको क्रममा कतिपय स्थानीयहरू सुरक्षित स्थानतर्फ भागेका छन् । साथै बाँकी स्थानीयहरूलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । लिबियाको स्वास्थ्य मन्त्रालयका अनुसार ६४ परिवारलाई भीडन्त भएको स्थानबाट उद्धार गरिएको छ ।

अहिले भीडन्त भएको स्थानको अवस्था शान्त भए पनि स्थानीयहरूमा युद्धको त्रास फैलिएको बताइएको छ ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement