राष्ट्रिय अनलाईन पत्रकार संघ नोजाको स्थापनाक दिवसको अवसरमा अधिकारकर्मी मञ्जु खाँड सम्मानित
काठमान्डौँ । राष्ट्रिय अनलाईन पत्रकार संघ नोजा ले आफ्नो स्थापनाको सातौँ वार्षिक उत्सवको अवसरमा मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँडलाई सम्मान गरेको छ ।
सोमबार राजधनीमा आयोजित कार्यक्रम पुर्वअर्थमन्त्री रामशरण मतले नोजाको वार्षिक उत्सवको उद्घाटन गदै सोसियल अवार्डबाट अध्यक्ष मञ्जु खाड ठकुरीलाई सम्मान गर्नुभएको हो ।
यस वर्षको सोसियल अवार्ड मञ्जु खाड ठकुरीलाई प्रदान गदै पूर्व अर्थमन्त्री डा. रामशरण महतले पछिल्लो समय मिडियाको बिकासमा अनलाईन पत्रकारीताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले अनलाइन पत्रकारीता फस्टाएसँगै अहिले आम जनताले तुरुन्त सूचना पाउन सकेको बताउनुभयो।
मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी केन्द्रीय अध्यक्ष मञ्जु खाँड विगत आठ वर्ष देखी अनाथ असाहय बालबालिकाहरुको लागि संरक्षण गृह चलाउदै आउनु भएको छ । उहाँले विभिन्न प्रकारका हिंसामा परेका महिला दिदी बहिनीहरुको आवाजका लागि पनि लड्दै आउनु भएको छ । अहिले संरक्षण गृहमा २३ जना बालबालिकाहरुले संरक्षण लिईरहेका छन् भने करिब तिन सय जनालाई पुर्नमिलन गराउन उहाँ सफल हुनु भएको छ ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















