0Shares

१० साउन, नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१४, पार्वतीपुरमा भएको दम्पत्तिको विभत्स हत्यामा मृतकका दाइको संलग्नता देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसुधन न्यौपानेले हत्यामा मृतक कृष्णकुमार गडरियाको दाइ विजयकुमार गडरियाको संलग्नता खुलेको बताए ।

मंगलबार बिहान ६ बजे पार्वतीपुरमा २५ वर्षीय कृष्णकुमार गडरिया र उनकी श्रीमती अञ्जली गडरिया आफ्नै घरको ग्यालरी र पालीमा मृत अवस्थामा भेटिएका थिए ।उनीहरुको करिव १ वर्ष पहिला बिवाह भएको थियो ।

लगत्तै अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा गडरियाका दाइलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । त्यसक्रममा दाइले योजना बनाएर सुपारी दिएर भाइबुहारीको हत्या गर्न लगाएको खुलेको न्यौपानेले बताए ।

उनका अनुसार केही महिनाअघि भाइ र बुबालाई उकासेर अञ्जलीले आफूलाई घरायसरी विवादमा कुटपिट गराएको दाइ विजयकुमारको बयान छ । त्यही विषयलाई लिएर उनले १८ दिन अघि नै बुहारी अञ्जलीलाई मार्न सुपारी दिएको प्रहरीको भनाइ छ । हत्या गर्ने क्रममा श्रीमान् कृष्णकुमार पनि आएपछि उनको पनि हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

उनीहरुको हत्या गर्न भारतबाट ५०-५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाएको खुलेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement