39Shares

तनहुँ । कोरोनाको कारण मारमा परेको तनहुँको पर्यटकीयस्थल बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि व्यवसायीहरु उत्साहित भएका छन् ।

समूह९समूह बनाएर आन्तरिक पर्यटकहरु बन्दीपुर घुम्न आएका छन् । यहाँका होटल, होमस्टे तथा विभिन्न गेष्ट हाउसमा पर्यटकहरु बिस्तारै भरिन थालेका छन् ।
बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले दुई लहरको कोभिडपछि सबैभन्दा बढि पर्यटक यसअघि गएको दशैंको बेलामा आएको बताए । उनका अनुसार त्यतिबेला बन्दीपुरमा आन्तरिक पर्यटकलाई होटल पाउनसमेत मुस्किल परेको थियो ।‘अब फेरि सिजन शुरु भएको छ । बन्दीपुरको पर्यटनले थप गति लिने अपेक्षा गरेका छौँ ।’-उनले भने ।

उनले कम्तीमा पनि एक रात विताउने गरी पर्यटक बन्दीपुर आउने गरेको बताए । बन्दीपुरमा होटल तथा रेष्टुरेष्ट ७७ वटा छन् ।

बन्दीपुरमा एक दिनमा १७ सयदेखि २ हजारसम्म पर्यटक बास बस्न सक्छन् । पर्यटकहरूको भिडभाड बढ्न थालेपछि विदामा गएका कामदार तथा कर्मचारीहरु पनि काममा फर्किएका छन् ।

अब बन्दीपुरको पर्यटन व्यवसायमा आशाको संकेत देखिएको समेत उनको भनाई छ । उनले यतिबेला बढेका पर्यटकहरुका कारण आफूहरु उत्साहित भएको बताए ।

बन्दिपुरमा आन्तरिक पर्यटकलाई आर्कषित गर्न विभिन्न छुट कार्यक्रम, मौलिक संस्कृतिको प्रर्दशनी, विभिन्न साताव्यापी कार्यक्रमहरु गर्ने तयारीमा रहेको रहेको जानकारी गराए ।

नेवारी मौलिक संस्कृतिसहितको प्राचिन सहर, टुडिखेलबाट हिमाल तथा पहाड हेर्न पर्यटकहरू बन्दीपुर आउने गर्छन् ।

39Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement