0Shares

टोकियो । जापानमा फिशिङ कान्डका पीडितहरुको संख्या बढेका छन् ।  नक्कली वेबसाइटमा जान लगाएर व्यक्तिगत जानकारीहरु दर्ता गर्न लगाउने घटनाहरु देशभरमा बढेका छन् । यस्ता कान्डमा मानिसहरुका बैंक खाताबाट अज्ञात बैंक खातामा पटक पटक रकम स्थानान्तरण भएका छन् ।

सजिलो भुक्तानी प्रणालीका लागि तलको यूआरएलमा गएर भुक्तानी पद्दति अपडेट गर्नु होस् भन्ने जस्ता सन्देश इमेलमा आउने गरेका छन् । परिचित इमेल ठेगानाबाट आउने यस्ता इमेलमा फसेर प्रयोगकर्ताहरुले आफ्नो बैंक खाता र क्रेडिट कार्ड नम्बर दर्ता गर्छन् । यो फिशिङको एउटा उदाहरण मात्रै हो ।

टोकियोस्थित काउन्सिल अफ एन्टी–फिशिङ जापानका अनुसार सन् २०२१ मा देशरभमा ५ लाख २६ हजार ५०० ओटा यस्तो घटनाबारे उजुरी आएको छ । यो सन् २०१७ को तुलनामा ५० गुणा बढी हो । सन् २०२२ को अप्रिलसम्ममा फिशिङ प्रयोजनका लागि १० हजार भन्दा धेरै नक्कली वेबसाइट फेला परेका छन् । जापानभर क्रेडिट कार्ड धोकाधडीका कारण सन् २०२१ मा ३३ अर्ब येन क्षति भएको बताइएको छ ।

यस्ता घटनामा पीडितका क्रेडिट कार्ड नम्बरबाट चोरी भएका छन् । फिशिङ प्रविधि परिस्कृत बनेसँगै क्षतिको आकार पनि बढिरहेका छन् ।यी घटनामा बैंक र मोबाइल सेवा प्रदायक लगायत सय भन्दा धेरै कम्पनी र संघसंस्थाहरुको नक्कली इमेल प्रयोग भएका छन् । कोरोना भाइरसको महामारीबीच अनलाइन शपिङ बढेका छन् । यस्तोम एमाजन र मर्कारी जस्ता अनलाइन खुद्रा कम्पनीको जस्तै देखिने एपको प्रयोग पनि बढेको बताइएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement