शान्तिईन्द्रेणी आमा समुहको कानुनी साक्षरता
शान्तिईन्द्रेणी आमा समुहको कानुनी साक्षरता
भरतपुर, चितवन । भरतपुर महानगरपालिका वडा नम्वर १० मा रहेको शान्तिईन्द्रेणी आमा समुहले कानुनी साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।
शनिवार आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिर्थी वडा नम्वर १० का वडा अध्यक्ष अरुणेश्वर खनालले महिलाहरुलाई धेरै प्रकारका कानुनी परामर्शका साथै अन्य तालिमहरुको आवश्यकता रहेको बताउनु भयो । महिलाहरुको क्षमता बिकासमा आफू सधै सहकार्य गरेर अगाडी बढ्ने समेत बताउनु भएको छ ।
कार्यक्रममा प्रशिक्षक अधिवक्ता फुलमाया रानाभाटले नेपालको संविधान २०७२ मा भएका महिलाका हक अधिकारका बारेमा प्रष्ट पार्नु भएको थियो । सो अवसरमा उहाँले घरेलु हिंसा भित्रपर्ने विभिन्न हिंसाहरुको बारेमा सचेतना दिदै सबैले आफ्नो सन्तानलाई असल संस्कार साथै आत्मनिर्भर बनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा रमा सापकोटा, कल्पना घिमिरे, नन्दा पौडेल लगाएतले बोल्नु भएको थियो । संस्थाकी अध्यक्ष निर्मला पण्डीतले कार्यक्रमको औचीत्य बारे प्रकाश पार्नु भएको थियो भने सहसचिव मिना दवाडीले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















