0Shares

 

चितवन । माडीका नगर प्रमुख ताराकुमारी काजी महतोले पदभार ग्रहणका क्रममा गर्नुभएको पहिलो निर्णय कार्यान्वयनमा ल्याउनु भएको छ ।
नगरप्रमुखमा विजयी भई सपथग्रहण गरेलगत्तै २०७९ जेष्ठ ६ गते कार्यभार बहन गर्ने क्रममा महतोले बघौंडा अस्पतालको ओ.पि.डी र ईमरजेन्सीमा सबै महिलाहरुलाई टिकट निःशुल्क गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको थियो ।

नगरप्रमुख महतोको पहिलो निर्णय बमोजिम बघौंडा अस्पतालले नयाँ आर्थिक वर्षको सुरुवातसंगै साउन १ गतेबाट महिलाहरुलाई ओ.पि.डी .र ईमरजेन्सी टिकट निःशुल्क गरेको हो । निःशुल्क गरिएका टिकटहरुको शोधभर्ना भने माडी नगर कार्यपालिका कार्यालयले गर्ने प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले जानकारी दिनुभयो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement