0Shares

काठमाडौं । शेयर बजारमा व्याज र किस्ताको ह्याङओभर विस्तारै हटे पनि मंगलबार शेयर बजारमा भने खासै रौनक आउन सकेन । हिजोसम्म शेयर बिक्री गरेकाले चौथो त्रैमाशको व्याज र किस्ता तिर्न भ्याउथे । अव भोलिदेखि शेयर बिक्री गर्नेले भने पैसा जोहो गर्न सक्दैनन् । आज शेयर बिक्री गर्नेले चाँही ब्रोकर सँगको सम्बन्धमा पैसा लिन सक्छन् । तर सामान्य लगानीकर्ताले भने हिजै बिक्री भएको शेयरको रकम लिन गाह्रो पर्छ ।

बजार सुधारका धेरै अवस्था रहे पनि नेपाल धितोपत्र बोर्डले नयाँ लाइसेन्सको व्यवस्थाको तयारी गर्दा ब्रोकरहरु रुष्ठ छन् । हिजो तिनै ब्रोकरले शेयर बजारमा पेनिक बनाउन धेरै नै शेयर बिक्री गरिदिए । जसले गर्दा हिजो सोमबार शेयर बजार ७७ अंकले तल झर्यो ।

भोलिदेखि शेयर बजारमा सुधार आउन सक्ने संकेत सँगै कतिपय लगानीकर्ताले आज राम्रो शेयर खरिद गरेका छन् । साउन महिनामा बैंकिङ तरलता केहि सहज हुने देखिएको छ । सिडी रेसियो भने धेरै नै तल झरेको हुँदा साउनमा तरलता सहज हुने अनुमान गरिएको छ ।

मंगलबार नेप्से सूचक ११.६८ अंकले सुधार हुँदा एक अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । नेप्से सुचक दोहोरो अंकले बढेर १९२७.२८ अंक कायम भएको छ । आज सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सर्वाधिक धेरै बढ्ने क्रममा सर्किट लागेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement