जापानी पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार, अवस्था गम्भीर
टाेकियाे – जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । जापान टाइम्सका अनुसार चुनावी प्रचारको क्रममा नारा पुगेका आबेलाई सडकमा सम्बोधन गर्दैगर्दा पछाडिबाट एक अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् । गोली लागेपछि उनी सडकमै ढलेका थिए । उनको शरीर रक्ताम्मे देखिएको थियो । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ ।
स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको हाे । गोली प्रहार गरेको आशंकामा ४० वर्षीय नारा प्रान्तमा बस्ने यामागामी तेचुयालाई प्रहरीले पक्राउ गरेको छ । गोली लागेर ढलेका आवेलाई हेलिकप्टरमा अस्पताल लगिएको छ । आवे १० गते हुने चुनावी प्रचार अभियानको सिलसिलामा नारा पुगेका थिए । घाँटीमा एक गोली र देब्रे छातीमा केही गोली लागेको बताइएको छ ।
आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री रहेका थिए । उनी जापानी जनतामाझ लोकप्रिय प्रधानमन्त्रीका रुपमा परिचित छन् । जापानमा हाते बन्दुक प्रतिबन्धित छ । यस प्रकारको घटनालाई जापानमा एकदमै दुर्लभ मानिन्छ ।
जापानको समाचारसंस्था एनएचकेका अनुसार गोली लागेका पूर्वप्रधानमन्त्री सिन्जोको शरीरबाट रगत बगेको र उनी ढलेको बताएका छन् । सिन्जोको छातीमा गोली लागेको र उनलाई एम्बुलेन्समा हालेर लगिएको जनाएको छ । समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ ।
टाेकियाेका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा भएको बताएका छन् ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















