जेन्युन एजुकेशन एण्ड भिजा सर्भिसेजको शाखा चितवनमा
असार १५, भरतपुर । बिगत ७ बर्षदेखी विदेशमा पढन जाने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श र भाषा कक्षा सञ्चालन गर्दै आएको जेन्युन एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको हाकिम चोकबाट पनि सञ्चालनमा आएको छ ।
एकेडेमीको चितवन शाखाको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा लक्ष्मी उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिर्थि हरिदास सापकोटाले नेपाली विद्यार्थीहरुलाई विदेशीनु रहरभन्दा पनि बाध्यता भएको बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई सधै विदेशमा बस्नुभन्दा पनि पढीसकेपछी विदेशमा सिकेको सिपलाई आफ्नै देशमा सदुपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख अतिर्थि सापकोटाले अहिले व्यवसायिक शिक्षा अपरिहार्य रहेको बताउदै सुनौलो भबिष्य खोजेका विद्यार्थीहरु लाई जेन्युन एजुकेशन एण्ड भिजा सर्भिसेज अग्रणी स्थानमा रहेको भन्दै चितवनको परिवेशमा सधै अगाडी बढ्न शुभकामना दिनु भयो ।
कार्यक्रममा बिशिष्ठ अतिथी काठमाण्डौ शाखाका म्यानेजीङ्ग डाईरेक्टर खगेन्द्र उप्रेतीले अष्ट्रेलियाको मेलर्वलमा मुख्य कार्यालय रहेको यस सर्भिसेजले नेपालमा विभिन्न जिल्लाबाट शाखा विस्तार गरी भाषा कक्षाका साथ परामर्श दिएको बताउनु भयो । उहाँले कन्सल्टेन्सीले विद्यार्थीहरुको भिजाका साथ साथै बसाई सराई, पिआर लगाएत हरेक समस्याहरुसंगै साथमा रहेर सेवा सुविधा दिने बताउनु भयो । नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि अष्टे«लीया पठाउने देखि आईएलटीयस र पिटिईको कक्षा सञ्चालनदेखि शैक्षिक परामर्श दिने काम संस्थाले गर्ने चितवन शाखा प्रमुख विजय कुमार खड्काले बताउनु भयो ।
कार्यक्रममा वीरेन्द्र क्यापसका प्राध्यापक राजेन्द्र गिरीले विदेश गएपनि आफ्नो भाषा, संस्कार र रहनसहनलाई नर्विसन आग्रह गर्नुभयो । उहाँले बैदेशिक शिक्षाका देश बाहिर जाने विद्यार्थीहरुले बिदेश गएर ज्ञान आर्जन पछि देश भित्रै फर्केर ज्ञान र शिपको उपयोग गर्नु पर्ने बताउदै पैसा भन्दा पनि शिक्षा हासिलका लागि अन्य देश जानका लागि सुझाव दिनु भयो ।
कार्यक्रममा संस्थाले सामाजि उत्तरदायीत्व अन्र्तगत चितवन मानव सेवा आश्रमका उपाध्यक्ष विनोद ढकाललाई नगद २५ हजार सहयोग गरेको छ ।
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















