विनोद अधिकारी चितवन,१३ असार पश्चिम चितवनको गुञ्जनगरमा आज बाट पाच दिने निशुल्क उद्घोषण कला तथा आधारभुत पत्रकारीता तालिम सुरु भएको छ ।
सोच परिवर्तन नेपाल सँस्थाले तालिम सुरु गरेको हो । प्रमुख अतिथि भरतपुर महानगरपालिकामा उपमेयर चित्रसेन अधिकारीले कार्यक्रमको उद्घाटन गर्नु हुर्दै पत्रकारिताका माध्यमबाट समाज परिबर्तन गर्न सकिने र सत्य तथ्य र समाचार सम्प्रेशन गर्नु पत्रकारको दायित्व रहेको बताउनुभयो ।
स्थानीय स्तरमा रहेका पत्रकारीता क्षेत्रमा रुची भएकाहरुलाई सहजताहोस भन्ने हेतुले तालिमको आयोजना गरिएको सँस्थाका अध्यक्ष शिवराज कँडेलले बताउनु भयो ।पत्रकारीता पेशा आफैमा संबेदनशील पेशा रहेको बताउनु हुर्दै उहाले यस पेशामा प्रवेश गर्ने रुचि भएका जोकोही व्यक्ति लगनशिल, मीहनती, संर्घषशिल हुन आवश्यक छ त्यसैले पत्रकारीताको केही आधारभुत कुराको बारेमा थाहा होस भन्ने उद्देश्यले तालिमको आयोजना गरेको पनी प्रष्ट पार्नु भयो ।
कार्यक्रममा गुञ्जनगर माविका प्रअ सुर्यभक्त वाग्ले, समाजसेवि एवम् सोच परिवर्तन नेपालका सल्लाहकार विष्णु ढकाल, इन्दिरा भुसाल, वडा नम्बर १८ का वडा सदस्यहरु लक्ष्मी अधिकारी र विमल लामा, भमनपा युवा सञ्जालका अध्यक्ष सन्देश वाग्ले, नेरेसो गुञ्जनगरका अध्यक्ष हरिराज अर्याल, जनप्रिय पब्लिक स्कुलका प्रचार्य भानुभक्त अर्याल, चितवन पोष्टका पत्रकार रामशरण गैरे र रेडियो साहनोका व्यवस्थापक विश्व निधि अर्याल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सँस्थाका उपाध्यक्ष अमित वावु वगालेले शुभकामना मन्तव्य राख्नु भएको थियो । सँस्थाका सचिव प्रदिप गौतमले सहजिकरण गर्नु भएको थियो ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















