0Shares

काठमाडौं । सेयर बजार सुधारका लागि भन्दै सेयर लगानीकर्ता तिलक कोइराला आमरण अनसन बस्ने भएका छन् । उनी तेस्रो पटक सेयर बजार सुधारका लागि आमरण अनसन बस्न लागेका हुन् ।

सेयर बजार अहिले ३२ सय अंक पुगेका बजार अहिले घटेर २०७८ अंकमा झरेको छ । सेयर लगानीकर्ताले करोडौं रुपैयाँ गुमाइसकेका छन् । भने दिनप्रतिदिन सेयर बजार घट्ने क्रम जारी रहेको छ ।

तिलक कोइरालाले सेयर बजार सुधार र विस्तारका लागि केही भोलिदेखि आन्दोलन सुरु गर्दै असार १ गतेबाट आमरण अनसन बस्ने बताए ।

उनले भने, ‘सेयर बजार सुधारका लागि हामीले भोलिदेखि विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छौँ । भोलि काठमाडौंको बालमिकी कलेजबाट लगानीकर्ताहरूको उपस्थितिमा वृहत् आन्दोलन सुरु हुन्छ । भने असार १ गतेदेखि नेपाल धितो पत्र बोर्डमा अनसन बस्ने छु ।’

यस्ता छन् माग :

१. विगतको एमाले सरकारले साढे तीन वर्ष अघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनुपर्ने ।

२. वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संंस्थागत पब्लिक कम्पनीहरूलाई एक अर्ब चुक्ता पुँजी कायम गरी तत्काल ब्राेकर लाइसेन्स वितरण गर्नुपर्ने ।

३. कमिसन ब्रोकर र फुल ब्रोकरहरूको वर्गीकरण गरी वर्तमान ब्रोकरहरूको चुक्ता पुँजी वृद्धि गर्न लगाई दुई वर्षभित्र कमिसन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्‍याउनुपर्ने ।

४. ब्रोकरहरूको शाखा बिस्तार र उनीहरूले निर्माण गरेको टीएमएस् सञ्चालनका लागि तत्काल स्वीकृति दिनुपर्ने ।

५. गैर आवासीय नेपालीहरूलाई तत्काल पुँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने ।

६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरूले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिव्यक्ति दिनमा बन्देज लगाउनुपर्ने ।

७. नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने ।

८. सूचीकृत साना कम्पनीहरूका लागि एसएमई प्लेटफर्म तत्काल व्यवस्था गरी साना र नयाँ कम्पनीहरूको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, वाणिज्य बैङ्कहरूलाई खुला छाड्नुपर्ने ।

९. ब्रोकर कमिसनको माथिल्लो विन्दु यथावत् राखी तल्लो विन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिसन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरू घटाउनुपर्ने ।

१०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पुँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने ।

११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रूपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजर आइडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वतः इडिआईएस हुनुपर्ने व्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अवस्थामा स्वतः रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रूपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने ।

१२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र कर कट्टीको हिसाब पनि प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने ।

१३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा लडे जस्ता अत्याधुनिक उपकरणहरू प्रयोगमा ल्याउनुपर्ने ।

१४. बिमा कम्पनी, निफ्रा, विकास बैंक र फाइनान्स, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड सञ्चालन गर्न बाध्यात्मक व्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरूले पहिलो वर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने व्यवस्था गर्ने ।

१५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरूमार्फत मार्जिन ट्रेडिङ व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने ।

१६. नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त विज्ञले मात्र सेयर बजारको अवस्था, कम्पनीको अवस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संवेदनशील विषयमा विश्लेषणहरू सार्वजनिक गर्न पाउने व्यवस्था कडाइका साथ लागु गर्ने ।

१७. मर्जरमा जाने कम्पनीहरूको मर्जर सम्झौता हुँदा नै स्वाप रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने ।

१८. १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरूको सवालमा असार मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने ।

१९. पुँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तीमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement