0Shares

काठमाडौं । हिजोदेखि हराइरहेको तारा एयरको विमान मुस्ताङको थासाङ-२  स्थित मानापाथी हिमालको फेदमा भेटिएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पनि विमान भेटिएको पुष्टि गरेका छन् ।

विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ । जहाज पूरै टुक्राटुक्रा अवस्थामा छ भने कोही पनि यात्रु ज्युँदो नरहेको त्यहाँ पुगेका उद्धारकर्मीले बताएका छन् ।

पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

‘शवहरू चिनिने अवस्थामा छैनन् । कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन, यहाँको अवस्था भयावह छ ।‘-उद्धारकर्मीले बताएका छन्

जहाजमा २२ जना सवार थिए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement