0Shares

१५ जेठ, काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ ।

प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ ।

९ एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य पनि छन् ।

जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।

जहाज खोज्न गएको नेपालीको सेनाको हेलिकप्टर भने मौसम खराबीको कारण कोवाङ भन्ने ठाउँमा अवतरण गरिएको छ । बादल लागेको कारणले हेलिकोप्टर उड्न सकेको छैन । जहाज खोजीका लागि मुस्ताङको विभिन्न ठाउँमा टोली खटाइए पनि कुनै सूचना नआएको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमाल हिराचनले बताए ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement