0Shares

चितवन, १२ जेठ । निर्वाचनमा निकै चर्चा कमाएको भरतपुर महानगरपालिकाको बदर मत पनि निकै बढी देखिएको छ । महानगरको प्रमुख (मेयर) पदमा १९ हजार ९९१ र उपप्रमुख (उपमेयर) पदमा ४२ हजार ७८९ मत बदर भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सूचना अधिकारी पुरुषोतम पौडेलका अनुसार महानगरको प्रमुख पदमा १५ दशमलब ६६ प्रतिशत मत बदर भएको छ । कुल खसेको १ लाख २७ हजार ६४० मतमा १९ हजार ९९१ मत बदर भएको हो । जस मध्य सम्पूर्ण रुपमा बदर मत २ हजार ५६९ रहेको छ । सम्पूर्ण रुपमा बदर मत प्रतिशत हेर्दा २ दशमलब १ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

उपप्रमुखमा ३३ दशमलब ६१ प्रतिशत मत वदर भएको छ । उपप्रमुखमा खसेको मत १ लाख २७ हजार ६६७ मत मध्य ८४ हजार ८८६ मत सदर भएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उपप्रमुखका ४२ हजार ७८९ मत बदर भएको थियो ।

महानगरमा ७ दशमलब ३१ प्रतिशतदेखि ६३ दशमलब १७ प्रतिशतसम्म मत बदर भएको छ । वडा नम्बर २६ को दलित महिला सदस्यमा ६३ दशमलब १७ प्रतिशत मत बदर भएको छ । सो वडाको दलित महिला सदस्यमा ४ हजार ९९३ मत खसेकोमा २ हजार ६६६ मत बदर भएको थियो ।

भरतपुर महानगरपालिका वडा नम्बर २४ को वडा अध्यक्षमा ७ दशमलब ३१ प्रतिशत मत बदर भएको छ । यहाँ २ हजार २८६ मत खसेकोमा १६७ मत बदर भएको कार्यालयले जनाएको छ ।

निर्वाचन चिन्ह बढि हुँदा मतदाता झुक्किएर मत बदर संख्या बढेको हुन सक्ने अनुमान राजनैतिक दलहरुले गरेका छन् । उम्मेदवार नभएको चिन्हमा समेत मत परेको पौडेलले जानकारी दिनुभयो । पाँच दलीय, दुई दलीय गठबन्धन र स्वतन्त्र उम्मेदवारलाई समेत मतदान गर्दा झुक्किएर मत संख्या बढी बदर भएको हो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement