66Shares

शान्ता अधिकारी
भरतपुर, चितवन । कल्पना मञ्जुश्री (नाम परिवर्तन) नौ वर्षको हुँदा पूर्वि चितवनको ज्यामिरेमा रुदै हिडेको देखेपछी स्थानीयले प्रहरीलाई खवर गरे । जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई उद्धार गरेर मञ्जुश्री असाह्य संरक्षण केन्द्रको जिम्मा लगायो ।

मञ्जुश्री असह्य संरक्षण केन्द्रमा रहेर उनी रुदै हिड्नुको कारण खोज्दा उनी पटक पटक उनका बुवाबाट बलात्कृत भएको थाहा भयो । कल्पनाले आफूलाई वुवाले जर्वजस्ती गरेको कुरा सौतेनी आमासंँग भन्दा उल्टै आमाले मार्ने धम्की दिईन । बाच्ने साहरा खोज्दै जादा उनी बाटोमा पुगेको बताउँछीन् । कल्पना विगत सम्झदै भन्छिन्, “आमा घरमा नहुदाँ जहिले पनि मलाई बुवाले जर्वरजस्ती गर्थे । म बच्न अनेक उपाए खोजे । घरबाट भागेर हिड्दा काहाँ पुगे थाहा थिएन । म साँझ पर्नै लाग्दा रुदै हिडेको देखेर स्थानीयले प्रहरीको जिम्मा लगाए । म यहाँ बसेको पाँच वर्ष भयो । जन्म दिने बुवा आमा नभए पनि कर्म दिने मञ्जु ममी पाएको छु । म ठुलो भएर पापी बाउलाई सजाय दिन्छु। ” मञ्जुश्री असह्य संरक्षण केन्द्रको संरक्षण र रेखदेखमा रहेकी उनलाई मञ्जुश्री असाह्य संरक्षण केन्द्रको सहयोगमा जिल्ला अदालत चितवनमा जर्वजस्ती करणीमा मुद्धा हालियो । जिल्ला अदालतले उनको बुवालाई धरौटीमा छुट गर्यो । जिल्ला अदालतको निर्णय चित नबुझेपछी मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँड पुनरावेदन अदालत हेटौडा गएको बताउनु हुन्छ । पुनरावेदन अदातल हेटौडाले दोषीलाई चार वर्षको कैद सजाय सुनायो । अहिले जर्वजस्ती गर्ने कल्पनाका बुवा फरार छन् ।

मञ्जुश्री असाह्य संरक्षण केन्द्रमा रहेर आफ्नो सुन्दर भविष्यको कल्पना गरीरहेकी कल्पना भविष्यमा वकिल हुन चाहन्छीन् । यस वर्ष एसईईको परीक्षा दिएकी उनले आफुलाई पिडा दिने पिडक र आफू जस्तै पिडीत दिदी बहिनीहरुको लागि लड्ने बताईन् ।
मञ्जुश्री असह्य संरक्षण गृहमा नै रहेकी निर्मला मञ्जुश्रीको बुवा वित्नु भयो । एक दाई एक भाई र उनीलाई जेनतेन हुर्काउदै आएकी उनकी आमाको मानसिक अवस्था गुम्न पुग्यो । खाने कुराको अभावमा निर्मला उनको दाई र भाईले माटो खाएको समाचार सञ्चार माध्यममा आयो । सञ्चार माध्यममा समाचार देखेपछी तत्कालिन चितवनका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकले उनीहरुको उद्धार गरेर मञ्जुश्रीमा ल्याउनु भयो । अहिले निर्मला दाई र भाईसंगै मञ्जुश्रीमा रहेर पढीरहेकी छन् । उनी कक्षा सातबाट प्रथम भएर कक्षा आठमा गएकी छन् । कक्षा आठमा पढ्ने निर्मला भविष्यमा असल मान्छे हुने बताउँछीन् ।
भरतपुर महानगरपालिका वडा नम्वर ११ मा रहेको मञ्जुश्री असाह्य संरक्षण केन्द्रले असाह्य र अनाथ बालबालिका महिलाहरुको संरक्षण र रेखदेख गर्दै आएको छ ।

२०७२ साल भदौ २६ गते विधिवत रुपमा दर्ता भई सञ्चालनमा आएको यस संरक्षण केन्द्रले अहिलेसम्म पाँच सय सात जनाको पुर्नमिलन गराएको संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँड बताउनु हुन्छ । उहाँ स्वीच्छीक सहयोगले चलेको केन्द्रले दाताहरुकै सहयोगमा आफ्नै भवन बनाउन सकेको बताउनु भयो । तिन तलाको सुविधा सम्पन्न भवन बनेको छ ।

भवन निर्माणका क्रममा बागमति प्रदेशको सामाजिक बिकास मन्त्रालयले पन्ध्र लाख रुपैया सहयोग गरेको बताउदै अध्यक्ष खाँड भन्नुहुन्छ, पुर्नस्थापना गृह चलाउन निकै गाहे छ । रात दिन कुन समयमा अनाथ बालबालिका र महिलाहरु आईपुग्नु हुन्छ थाहा हुदैन । सरकारी सहयोग छैन । दाताको सहयोगमा चल्नु पर्छ । प्रहरीले अनाथ देख्ने वितिकै यहाँ ल्याउनु हुन्छ । हामिसँग सिमित स्रोत र साधन हुन्छ त्यसैमा मिलाउनु पर्दा धेरै गाहे हुन्छ ।”
केन्द्रकी अध्यक्ष खाँड केन्द्रले असह्य बालबालिका, घरेलु हिंसा तथा बेचबिखनमा परेका महिला तथा बालबालिकाहरु र परिवारिक अपहेलनाका कारण कष्टकर जीवनयापन गर्न वाध्य जेष्ठ नागरिकहरुलाई उद्धार गरी मनोसामाजिक परामर्श, कानुनि सहायता, आवश्यक शिक्षा तथा सिपमुलक तालिम दिने गरेको बताउनु भयो । संस्थामा रहनु भएका महिला दिदी बहिनीहरुलाई आत्मनिर्भर बनाई पारिवारिक तथा सामाजिक पुर्नमिलन एवं पुर्नस्थापना गर्ने काम गदै आएको बताउनु भयो ।

चितवनमा दुई पुनस्र्थापना गृह र २५ वटा बालगृह जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएका छ । यी संरक्षण गृह र पुर्नस्थापना गृहहरुको अनुगमन भने जिल्ला प्रशासन कार्यालय चितवनले गर्ने गरेको छ ।

66Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement