भरतपुर १ मा काँग्रेसका केशव महर्जन विजयी (सम्पूर्ण मत विवरण सहित)
भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा केशव महर्जन विजयी भएका छन् । ताजा मत परिणाम अनुसार वडा अध्यक्षमा गठबन्धनका उमेदवार कांग्रेस नेता महर्जन विजयी भएका हुन् । उनका निकटतम प्रतिसपर्धी एमालेका शुक्र श्रेष्ठ पराजित भएका छन् ।
प्राप्त मत परिणाम अनुसार महर्जनले १३९७ मत ल्याएका छन् भने एमालेका श्रेष्ठले १३१३ मत ल्याएका छन् । यस वडामा ५०७४ मतदाता रहेकोमा ३२७६ मत खसेको थियो ।
भरतपुर १ बाट मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायम गरेकी छन् । उनको मत १२०८ रहेको छ भने एमालेका विजय सुवेदीले यस वडाबाट १०८७ मत प्राप्त गरेका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४३० मत प्राप्त गरेका छन् ।
यस वडामा पाँच दलीय गठबन्धनले मिलेर प्रतिष्पर्धा गरेपनि दलित महिलासहित दुइ खुल्ला सदस्यमा एमालेले विजय हासिल गरेको छ ।
दलित महिला सदस्य रमा परियार र दुइ खुल्ला सदस्यहरु मनोज घिमिरे राजु गुरुङ एमालेबाट निर्वाचित भएका छन् ।
भरतपुर १ को सम्पूर्ण मत विवरण यसप्रकार छ ।



सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















