237Shares

माडी । माडी नगरपालिका वडा नं ४ का ५३ वर्षीया पाँहुनी चौधरी घरको पिढीमा बसिरहेकी थिईन् । उनले आँगनमा ताराकाजीलाई देखेपछि आँगनमै आएर ताराकाजीलाई नमस्कार गरिन् । ताराकाजीले ‘नमस्कार म ताराकाजी’ भन्दा उनी मुसुक हास्दै ‘उपमेयर हो चिन्छु म’ भनिन् ।
पाहुनीले घरको पिढीमा रहेको खाँटमा बस्न आग्रह गरिन् । ताराकाजी के बसेकी थिईन उनी बोल्न थालिन्, ‘तपाई हाम्रो चेली हो । तपाई बोलेको र काम गरेको देख्दा खुसी लाग्दा । म त भोट दिन मुखीयालाई भन्छु ।’
माडी वडा नम्वर ५ का भिखन महतो बाख्राको खोर बनाउँदै थिए । ताराकाजी महतोलाई घरमा देखेपछि काम छोडेर उनी पनि ‘नमस्कार नानी’ भन्दै छेउमा आए ।
थारु भाषामा ताराकाजीले के वोल्न थालेकी थिईन्, भिखनले मुसुक हाँस्दै भने ‘थाहा छ सुर्यमा हो ।’
माडी नगरपालिकामा ताराकुमारी काजी महतोले एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिनुभएको छ । उहाँ उपमेयर भएर पाँच वर्षसम्म काम गरिसेकका कारण त्यहाँ स्थानीय माझ परिचित हुनुहुन्छ । स्थानीयहरु दुःखमा साथ दिने ताराकाजीलाई मेयर हुन लागेको भन्दै खुसी ब्यक्त गरेका छन् ।
माडी नगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएर माडीका सबै स्थानीयको घर दैलोमा मत माग्न पुग्नुभएकी ताराकाजी महतोलाई मतदाताहरुले दिएको बचनले यतिबेला हौसला बढेको छ । यहाँका स्थानीयहरु माडी नगरपालिकाको मेयरमा निर्वाचित बनाउन आतुर रहेको बताउने गरेका छन् । मतदाताहरुसँग भेटघाट गरी उनीहरुको समस्याको बारेमा जानकार ताराकाजीले उपमेयर हुँदा सकेसम्मका समस्याहरु मिलाएर पठाउने गरेका कारण पनि माडीबासी आफूसंग खुसी भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –‘म उपमेयर हुँदा सबै मुद्धा मेलमिलापमा मिलाएको छु । यहाँका सबैलाई राम्रोसंग चिन्छु र समस्या थाहा छ । माडीका समस्याहरु समाधान गर्नमा नै जीवन समर्पण गर्ने छु ।’
महतोले माडीका जनताको समस्याहरु उजागर गर्दै जंगली जनावर, नदी कटान र पुलको समस्याहरु समाधान गर्ने विषय आफ्नो प्रतिबद्धतामा राख्नुभएको छ ।
भूमिहिन र महिलालाई स्वास्थ्य शिक्षा दिँदै नेतृत्व क्षमता बढाउने लगायतका कुरा पनि उहाँका प्रतिवद्धता पत्रमा समेटिएकाले उल्लेखीत काम नै पहिलो प्राथमिकता रहेको उहाँ बताउनु हुन्छ । मेयरमा उम्मेदवारी दिएपछि ताराकाजी महतो सहितको टोलीले माडीमा घरदैलो गर्नुका साथै चुनावी सभाहरु गरिसकेको छ । घर दैलोका क्रममा सबैको साथ सहयोग पाएका कारण अव हुने स्थानीय तहको चुनावमा माडीबासीकै मतले आफु मेयर बन्नेमा ढुक्क रहेको उहाँको विश्वास छ ।

237Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement