0Shares

चितवन, चैत २१–

जागृतप्रसाद भेटवालको (जेपी) स्मृतिग्रन्थ विमोचन गरिएको छ ।

नेता जेबीको चौंथो स्मृति दिवसको अवसरमा आज एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सो स्मृतिग्रन्थ विमोचन गरेका हुन् ।

२०५२ पृष्ठको स्मृतिग्रन्थलाई एमाले चितवनकी पूर्वअध्यक्ष पार्वती रावलको संयोजनमा गठन भएको स्मृति ग्रन्थ प्रकाशन समितिले प्रकाशन गरेको हो । यसको सम्पादकमा नारायणप्रसाद सापकोटा र सहसम्पादकमा रमाकान्त सापकोटा रहेका थिए । विसं २००९ साल भदौं १३ गते काभ्रेको पाँचखालमा जन्मिएका स्वर्गीय नेता भेटवाल चितवनलाई कर्मक्षेत्र बनाएर २०२८ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय थिए । उनी २०४८ र २०५१ सालमा चितवनबाट एमाले सांसदमा निर्वाचित भएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी चितवनले आयोजना गरेको कार्यक्रममा जेपी भेटवालको विचार, जनपक्षीय व्यवहार बिर्सन नसकिने बरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ । पोखरेल भने, ‘ उनले आफूलाई गुटबन्दीको पक्षमा उभ्याएनन् । पार्टी विभाजन गर्ने विरोधमा उनी उभिए । एकताको पक्षमा दृढरुपमा उभिए । यो रुपमा जेपीलाई आफूले देखेँ ।’ नेकपा एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विभिन्न पार्टीका ४८ जनाले एमाले प्रवेश गरेका थिए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement