0Shares

कृष्णपुर २१ चैत । भरतपुर ७ कृष्णपुरस्थित सनराइज र कटहरचोक टोल विकास संस्थामा शनिबार एमालेको टोल कमिटी गठन भएको छ । दुबै टोल विकास संस्थाले एकीकृत भेला गरेर टोल कमिटी गठन गरेका हुन् ।
बाबुराम देवकोटाको अध्यक्षतामा सनराइज टोलमा १३ सदस्यीय कमिटी गठन भएको ७ नम्बर वार्ड कमिटिका अध्यक्ष गुरुचन्द्र घिमिरेले जानकारी दिए ।
कमिटीको उपाध्यक्षमा शारदा पौडेल, सचिव सागर गुरुङ, उपसचिवमा गीता बुढाथोकी र डिलाराम कँडेल चयन भएको छन् ।
यसैगरी सदस्यहरुमा शित्तल गुरुङ, रञ्जता शर्मा, शान्ती शर्मा अधिकारी, रेवितप्रसाद अर्याल, सरिता बस्तकोटी, गोविन्द पौडेल र देवबहादुर थापा चयन भएका छन् ।

टोल गठन कार्यक्रमपश्चात एमाले पार्टी कार्यालयमा सामूहिक फोटो खिचाउँदै

यसैगरी कटहरचोक टोलमा बलिभद्र न्यौपानेको अध्यक्षतामा टोल कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा राजु तिमल्सिना, सचिवमा सञ्जयकुमार विष्ट र उपसचिव तारा लामिछाने चयन भएका छन् । सदस्यहरुमा भने शुदर्शन सोती, भगवती सुवेदी र लक्ष्मी ढकाल निर्विरोध चुनिएका छन् ।
टोल कमिटीले स्थानीय निर्वाचनमा एमालेलाई जिताउन सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको छ ।
टोल कमिटी गठन कार्यक्रममा एमाले चितवन जिल्ला कमिटी सदस्य राजु पौडेल, सनद लामिछाने, जिल्ला सल्लाहकार कमिटी सचिव भिमसेन देवकोटा, पूर्व जिल्ला कमिटी सदस्य विनोद मिश्र, ७ नम्बर वार्ड कमिटी अध्यक्ष गुरुचन्द्र घिमिरे, भरतपुर महानगर कमिटी सदस्य रीता पोखरेल, लक्ष्मी कँडेल र बेदप्रसाद बजगाई लगायतको उपस्थिति रहेको थियो ।
टोल कमिटीका पदाधिकारी र सदस्यहरुलाई एमाले चितवन जिल्ला सल्लाहकार कमिटी सचिव भिमसेन देवकोटाले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement