0Shares

भरतपुर २१ चैत / गठबन्धनको राजनीतिक गरेर एमाले चुनावमा नजाने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् । ‘केन्द्रबाट नै गठबन्धन गरेर चुनावमा जादैनौ, बरु स्थानीय आवश्यकता हेरी कतै कतै तालमेल गर्न भने सकिन्छ ।” यस्तो २०४८ सालदेखिकै अभ्यास भएको बताउँदै उनले भने, ‘तर हामी गठबन्धनको हिसाबले जान्नौं ।’

प्रेस चौतारी नेपाल चितवनले आज सोमबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले सो कुरा बताएका हुन् ।

उनले भने, एमाले नेतृत्वमा भएको कम्युनिष्ट सरकार ढालेर कांग्रेस मूल प्रतिद्वन्द्वी हो उसलाई प्रधानमन्त्री बन भनेर उसको नेतृत्वमा सरकार बनाउने काम गर्ने, त्यो गठबन्धन कायम गर्ने अनि जसले यो काम गर्यो फेरि उनीहरुसँगै गठबन्धन हुन्छ भन्ने कुरै हुँदैन ।’ उनले भने, ‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन एकदम प्रष्ट हुनुस् ।’

राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरुसँग भएको भेटबारे सोधिएको प्रश्नमा उनले भेटघाट सामान्य भएको पनि बताए । ‘रानजीतिक दलका नेताहरुसँग यस्तो भेटघाट र छलफल भईरहन्छ, यसलाई सामान्य रुपमा नै लिनुपर्छ ।’ उनले भने ।

पोखरेलले निर्वाचन आयोग सत्ता गठबन्धनको सेटिङमा चलिरहेकोले निर्वाचन निश्पक्ष हुनेमा समेत आशंका रहेको बताए ।
चुनावै सार्ने षड्यन्त्र थियो, एमालेको दवावले त्यो संभव भएन तर, सेटिङको बिषाक्तको छाल आयोगमा देखिएको छ ।’ पोखरेलले भने,‘आयोगको निश्पक्षतामाथि प्रश्न उठेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement