कृष्णपुर १९ चैत । भरतपुर ७ कृष्णपुरस्थित शिव टोल विकास संस्थामा शनिबार एमालेको टोल कमिटी गठन भएको छ । नरेन्द्र सिग्देलको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको ७ नम्बर वार्ड कमिटिका अध्यक्ष गुरुचन्द्र घिमिरेले जानकारी दिए ।
कमिटीको उपाध्यक्षमा शिवराज न्यौपाने, सचिव पुकार सापकोटा, उपसचिव गीताञ्जली भट्टराई चयन भएको छन् ।
यसैगरी सदस्यहरुमा प्रकाश तिमल्सिना, निरमाया रेग्मी, शोभा त्रिपाठी, सुदिप वस्ती, सीतादेवी न्यौपाने, निशा द्यौराली, हिमलाल रेग्मी, लक्ष्मीपन्त अधिकारी, कविता शर्मा न्यौपाने र लक्ष्मी प्रसाद तिमल्सिना चयन भएका छन् ।
टोल कमिटीले स्थानीय निर्वाचनमा एमालेलाई जिताउन सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको छ ।
टोल कमिटी गठन कार्यक्रममा एमाले ७ नम्बर वार्ड कमिटी अध्यक्ष गुरुचन्द्र घिमिरे, जिल्ला कमिटी सदस्य राजु पौडेल, सनद लामिछाने, भरतपुर महानगर कमिटी सदस्य रीता पोखरेललगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, भरतपुर। ...

















