0Shares

भरतपुर २० चैत । स्थानीय निर्वाचनलाई लक्षित गरी एमालेले चितवनमा घरदैलौ कार्यक्रम गर्दै आएको छ । यसैक्रममा आज आइतबार एमालेले भरतपुर महानगरको वडा नं. १, २ र ३ नम्बर वडामा संयुक्त रुपमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
नारायणगढको पोखरा बसपार्कबाट शुरु भएको घरदैलो ¥यालीसहित शहिदचोक, आनन्दमार्ग, बेलचोक, शहिदचोक, पुलचोक हुँदै पोखरा बसपार्कमा आएर टुंगिएको थियो । महानगरका तीनवटा वडाले गरेको घरदैलोमा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

घरदैलोमा सहभागिहरुले एमालेको चुनावी गीत र अभियानसँगै स्थानीय निर्वाचनमा एमालेलाई बिजयी गराउन वडाबासीहरुसँग माग राखेका थिए । यो क्षेत्र नारायणगढ बजारसहितको मुख्य भागमा पर्दछ ।
कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले पहिले जसरी मतपत्र च्यातेर बिजयी हुने सपना नदेख्न काँग्रेस माओवादीलाई चुनौति दिएका थिए । अबको जनादेशमार्फत एमालेले स्थानीय सरकारको नेतृत्व गर्ने र जनताको सेवामा लाग्ने ज्ञवालीले कार्यक्रममा प्रतिवद्धता जनाए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य जेएन थपलिया, पार्वती रावल, सांसद कृष्णभक्त पोखरेल, एमाले जिल्ला उपाध्यक्ष कमल पाठक, उपसचिव प्रकाश ढुंगानालगायतका नेताहरु उपस्थित थिए ।
गएको निर्वाचनमा भरतपुर महानगरको निर्वाचनमा वार्ड नम्बर १ र ३ काँग्रेसले जितेको थियो भने २ नम्बरमा एमालेले जित हासिल गरेको थियो । यसपालि भने तीनवटै वडा जित्ने अभियानमा एमाले आक्रामक ढंगले लागेको सम्बन्धित वार्ड कमिटिले जनाएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement