0Shares

काठमाडौँ , चैत्र १७ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लाको सिँजा पुगेर ठुलो संख्यामा अन्य पार्टीका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउनुभएको छ । सिँजा गाउँपालिकाको नराकोटमा बिहीबार आयोजित कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य सहित नेकपा माओवादी केन्द्र, नेपाली काग्रेस र माधब नेपाल समाजवादी पार्टीबाट नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो ।

पार्टी प्रवेश कार्यक्रमपछि आयोजित बिशाल भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शेर बहादुर देउवा सरकारको दिनगन्ती सुरु भइसकेको दाबी गर्नुभयो ।

यो सरकार चुनावसम्म पनि नजाने उहाँको भनाइ छ । एमालेप्रतिको जनताको आकर्षणले गठबन्धनको सरकारलाई छटपटी भइरहेको छ,’ उहाँले भन्नुभयो ‘जनतालाई ढाँट्ने र छक्याउने खेलमा मात्र सरकारको सक्रियता देखियो ।’ आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई मतदात गरी समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन उहँले आग्रह गर्नुभयो । ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको धनी ठाउँ भएकोले विकासको इतिहास आफ्नो परिस्थितिअनुसार गर्नसक्ने बनाउनुपर्नेमा जोड दिनुभयो ।

‘बाटो र बिजुली बनाउनु छ, देशलाई औद्योगीकरणमा लैजानु छ,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा विकास गर्नुछ । जसको नेतृत्व एमालेले मात्र गर्न सक्छ ।’ उहाँले कर्णालीमा राराताल, कनकासुन्दरी, त्रिपुरासुन्दरीलगायतका धार्मिक तथा पर्यटकीय स्थल भएको बताउँदै चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सी चामल नेपालको वास्तविक ब्राण्ड भएको बताउनुभयो । उहाँले सिँजाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताउनुभयो । ‘आगामी निर्वाचनपछि नाग्म–रारा जाने सडक पिच बनाएरै देखाउनेछौं,’ उहाँले भन्नुभयो ‘नजिकै बग्ने हिमा नदीबाट के लाभ लिन सकिन्छ भन्नेबारे मेरो गम्भीर चासो छ ।’ जुम्ला आउनुअघि ओलीले दैलेखस्थित दुल्लुको अवलोकन गर्नुभएको थियो । खस सभ्यतामा दुल्लु मौसमी राजधानी थियो । उहाँ जुम्लाको कार्यक्रमलाई सम्बोधन गरी हेलिकप्टरबाट कालीकोट पुग्नुभएको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement