0Shares
काठमाडौं,३ चैत। नेकपा माओवादी केन्द्रले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य एवं भरतपुर महानगर पालिकाकाकी मेयर रेनु दाहाललाई दिएको छ ।
बिहीबार माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्ज र आरसी अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।
यस्तै अन्य पदाधिकारी भने टुंगिन बाँकी रहेको संयोजकको जिम्मेवारी पाएका अधिकारीले जानकारी दिए।
माओवादी केन्द्रको आठौं महाधिवेशनपछि जिल्ला इन्चार्जहरु तोकिएका थिएनन् । हालै बसेको केन्द्रीय समितिको बैठकले आफ्नो प्रदेशभित्रका जिल्ला इन्चार्ज तोक्ने अधिकार प्रदेश समितिलाई दिएको थियो ।
0Shares
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















