देवघाट क्षेत्र बिकास समितिको वोड बैठकले देवघाट क्षेत्र बिकास समितिले गत आर्थिक वर्षको प्रगति, चालू आर्थिक वर्षको कार्य समिक्षा, आउदो आर्थिक वर्षको कार्ययोजना र वर्तमान समस्याहरुको बारेमा छलफल गरेको छ ।
धार्मिक पर्यटकिय स्थल देवघाटधाम पछिल्लो समय अतिक्रमणको चपेटामा परेको वारेमा चिन्ता व्यक्क्त गरिएको छ । नदी तटीय क्षेत्रमा सरकारी तवरबाट नै वस्न अयोग्य ठानिए पनि देवघाटको नदी तटीय क्षेत्रमा भने भौतिक संरचनाहरु बन्नेक्रमले तिव्रता पाएको देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष बद्री अधिकारीले बताउनु भयो । उहाँले क्षेत्र बिकासले गुरुयोजना मार्फत धेरै काम गर्ने योजना ल्याए पनि जग्गा अतिक्रमणले समस्यामा पारेको बताउनु भयो ।
सो अवसरमा उहाँले बादर व्यवस्थापनको ठुलो समस्या रहेको भन्दै सामुदायीक वनलाई तारजालि लगाएर वादर व्यवस्थापनको काम गर्न लागिएको बताउनु भयो । देवघाट क्षेत्र बिकास समितिले महत्वकाक्षी योजना ल्याएको र सो योजना सफल बनाउन तनहँ, नवलपुर र चितवनका सरोकारवालाहरुको साथ सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले गत आर्थिक वर्षको प्रगति, चालू आर्थिक वर्षमा क्षेत्र बिकास समितिले गरेका काम आउदा दिनमा हुने काम र समस्याको बारेमा बताउनु भएको थियो । उहाँले पर्यटकिय विकासको लागि तिन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माणको कामलाई अगाडी बढाउन आग्रह गर्नुभयो ।
देवघाटको कालीगण्डकी र त्रिशूली नदीको संगमस्थलमा चितवन, तनहुँ र नवलपुर जिल्लालाई जोड्ने गरी एउटा मात्रै पिलरले धान्ने पुलको गुरुयोजना बनेको निर्देशक घिमिरेले बताउनु भयो । त्रिकोणात्मक पुलको डिजाईन निकै आकर्षक ढंगबाट भइरहेको भन्दै पुलको अवलोकनका लागि सयौ पर्यटक आउने बताउनु भयो । चितवन र तनहुँ जोड्ने त्रिशूली माथि रहेको अहिलेको झोलुङ्गे पुल जीर्ण हुँदै गएकाले अब बन्ने पुल विकल्पका रुपमा पनि लिइएको छ ।
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















