0Shares

पोखरामा फागुन २७ र २८ गते हुने प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । चौतारीको महाधिवेशन नीति र नेतृत्वको हिसाबले महत्वपूर्ण रहेको महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले बताए। महाधिवेशनमा अहिलेको सञ्चार क्षेत्रको मुद्दाका बारेमा गहन रुपमा छलफल हुने उनले जनाए ।

’प्रेस चौतारीको नवौं महाधिवेशन नीति र नेतृत्वको हिसाबले महत्वपूर्ण छ, महाधिवेशनमा अहिलेको सञ्चार क्षेत्रको मुद्दाका बारेमा गहन ढंगले बन्दसत्रमा छलफल हुन्छ’ उनले भने ।

नयाँ नेतृत्व चयन हुने भएकोले समेत यो महाधिवेशनलाई धेरैले चासोको रुपमा हेरेका छन् । महाधिवेशनबाट सर्वसम्मत ढंगले नयाँ नेतृत्व चयन हुने संयोजक पाण्डेले बताए । अहिलेको परिवर्तन पत्रकारितामा आएका चुनौतीहरुलाई बोक्न सक्ने खालको नयाँ नेतृत्व चयन गर्दै हार्दिकताका साथ सहमतिमै अधिवेशन सम्पन्न हुनेछ’ हालका उपाध्यक्ष समेत रहेका पाण्डेले भने ।

महाधिवेशनको अवसरमा ११ जना पत्रकारलाई पुरस्कृत गरिने भएको छ । जसअनुसार हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार २०७७ बाट प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल तथा २०७८ बाट अर्का पूर्व अध्यक्ष गगन विष्टलाई प्रदान गरिने भएको छ ।

अग्निशिखा पत्रकारिता पुरस्कार २०७७ कृष्ण विनोद लम्साल तथा २०७८ बाट झलक सुवेदी पुरस्कृत हुनुहुने भएको छ । डेकेन्द्र थापा पत्रकारिता पुरस्कार २०७७ सागर पण्डित र २०७८ हिरा परियारलाई प्रदान गरिनेछ । वीरेन्द्र साह क्रियाशिल पत्रकारिता पुरस्कार २०७७ बाट केपी गौतम र २०७८ बाट अनुप तिवारी पुरस्कृत हुनुहुनेछ । चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ तथा पदम लक्ष्मी सावित्री स्मृति पत्रकारिता पुरस्कार २०७७ अब्दुल्ला मिया र २०७८ शिवराज भट्टलाई प्रदान गरिनेछ ।

पोखरा सभागृहमा हुने महाधिवेशनको उद्घाटन फागुन २७ गते नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागीता रहनेछ । नवौं महाधिवेशनको सचिवालय बैठक तथा केन्द्रिय कमिटीको बैठक बिहिबार सम्पन्न भएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement