कांग्रेस चितवन अधिवेशनः २८२० मत खस्यो, राति १० बजेदेखि मतगणना
चितवन, फागुन २०–
नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्वका लागि आज भएको मतदानमा २ हजार ८ सय २० मत खसेको छ ।नारायणगढस्थित नारायणी कलामन्दिरमा विहान १०ः३० बजेदेखि अपरान्ह ६ः३० बजेसम्म मतदान चलेको थियो । कुल २ हजार ९४५ मतदाता रहेकोमा उक्त मत खसेको निर्वाचन समितिका सदस्य श्रीराम दुवाडीले जानकारी दिए ।
मतपेटिकालाई कलामन्दिर भित्रको हलमा राखिएको छ । सभापतिका उम्मेद्वारहरुले मतपेटिकाका जाँच गरेर निस्किएका छन् । दुवाडीका अनुसार राति १० बजेदेखि सभापति पदको मतगणना हुनेछ । कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत प्राप्त गर्न नसके दोस्रो चरणमा मतदान हुनेछ ।
सभापतिका लागि पाँच जना चुनावी मैदानमा छन् । संस्थापन समूहबाट मिलनबाबु श्रेष्ठ र संस्थापनइतर समूहबाट राजेश्वर खनाल, उत्तम जोशी, डा.सूर्यकान्त घिमिरे र कैलाश कोइराला छन् । खनाललाई शेखर कोइरालाको राम्रो साथ छ भने जोशीलाई डा.शशांका कोइराला र घिमिरेले रामचन्द्र पौडेलको साथ छ । कोइरालालाई भने कुनै समूहले पनि आफ्नो मानेको छैन । जसले गर्दा उनलाई संस्थापनइतर समूहको बैठकमा बोलाईएको थिएन ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















