0Shares

चितवन, फागुन १९–

नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ ।

बिहीबार दिउँसो २ बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदी किनारमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर–७ विकाशचोक बस्ने विमल गौतमका छोरा १० वर्षीय बिदान गौतम र सनाखत नभएका १२ वर्षका बालक रहेका छन् ।

पानीमा डुबेको अवस्थामा बालकहरुलाई उद्धार गरि भरतपुर अस्पताल लगिएको थियो । दुवैजनाको २ः३९ बजेको समयमा चिकित्सक मृत्यु घोषणा गरेको थियो । घटना बारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement