0Shares

जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपिओ बाँडफाँड आज फागुन १ गते बालुवाटार, काठमाडौं स्थित Times Square Restaurant मा साँझ ५ बजे सम्पन्न भएको छ।

मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल २७ लाख ९ हजार ८ सय ५५ जना आवेदक मध्ये योग्य आवेदक २५ लाख ८७ हजार ४ सय १२ जनाले आवेदन दिएकोमा २५ लाख ३८ हजार ६ सय २२ जना आवेदकको हात खाली हुने भएको छ। आवेदक सँख्याको हिसाबले यस कम्पनीको सार्वजनिक निष्काशनमा परेको आवेदन हाल सम्मकै उच्च हो।

बाँकी आवेदकमा ४८ हजार ७ सय ९० जना आवेदकले १० कित्ताको दरले शेयर पाउने भएका छन्। जाल्पा सामुदायिक लघुवित्तको आइपिओमा ३ करोड ३१ लाख ४७ हजार १ सय ५० कित्ताको लागि कुल रु.३ अर्ब ३१ करोड ४७ लाख १५ हजार बराबरको आवेदन परेको थियो।

आवेदकले आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेभसाइटबाट हेर्न सक्नुहुन्छ।

लघुवित्तको प्रति साधारण शेयर रु.१०० अंकित दरका  लाख २२ हजार कित्ता साधारण शेयर मध्ये २६ हजार  सय कित्ता अर्थात शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको तथा  हजार कित्ता अर्थात जारी पूंजीको ०.५शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने  लाख ८७ हजार  सय कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आएको थियो। यस्तै, कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको थियो।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement