0Shares

भरतपुर ०९ माघ । नेपाल कम्युनिष्ट पार्टी एमाले, माडी नगर कमिटीले इलाका प्रशासन कार्यालय माडीको सेवा अवरुद्ध भएको विषयमामा आज आइतबार प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गरेको छ ।

इलाका प्रशासन कार्यालय माडीमा प्रमुख नहुँदा नागरिकता बनाउने कार्यदेखि मतदाता नामावली संकलनसमेत प्रभावित भएको जनाउँदै तत्काल कार्यालय प्रमुख पठाउन ध्यानाकर्षण पत्रमा प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरिएको छ ।

नगर कमिटी अध्यक्ष नारायणप्रसाद अधिकारी र सचिव श्रीप्रसाद दवाडीद्वारा संयुक्त रुपमा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा इलाका प्रशासन कार्यालय माडीमा कार्यालय प्रमुख नहुँदा नागरिकको नैसर्गिक अधिकार र सुरक्षाका विषयमा पनि समस्या उत्पन्न भएको जनाइएको छ ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले कार्यालय प्रमुख नहुँदा माडीवासीलाई परेको समस्याका बारेमा जानकारी भएको जनाउँदै तत्काल अर्को व्यवस्था नहुञ्जेलसम्मको लागि हरेक हप्ता शुक्रबार जिल्लाबाटै गएर सेवा सञ्चालन गर्ने जनाउँदै दिर्घकालिन समस्या समाधानको लागि छलफल गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अब माडीमा नागरिकताको लागि फाइल सङ्कलन गर्ने र हरेक शुक्रबार नागरिकता वितरण गर्ने सहमति भएको छ । हाल कोभिडको कारण जनशक्ति अभाव भएकोले माघ १५ गतेपछि काम शुरू हुने प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।

नेकपा एमाले माडी नगर कमिटीका अध्यक्ष नारायणप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीमा, माडी नगरपालिकाकी उपमेयर ताराकुमारी काजी महतो, नेकपा एमाले भरतपुर महानगरका निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने, क्षेत्रीय अध्यक्ष श्यामकुमार बिष्ट, नगर सचिव श्रीप्रसाद दवाडी लगायतको उपस्थिति रहेको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement