0Shares

मौसमको खराबी र कोरोना भाइरस संक्रामणका कारण भरतपुर विमानस्थलमा हुने उडान र यात्रुको संख्यामा कमी आएको छ । चिसो मौसमका कारण हुस्सु लाग्दा हवाई उडान प्रभावित भएको भरतपुर विमानस्थलका उप–प्रवन्धक एवं सूचना अधिकारी दिपक विकले जानकारी दिनुभयो। यस्तै कोरोनाको तेस्रो लहर फैलिएसंगै विगत १४ दिन देखि यात्रुहरुको संख्यामा पनि कमी आएको उहाँले बताउनुभयो ।

सामान्य अवस्थामा विमानस्थलबाट दैनिक १५ देखि १७ उडान हुने गरेको छ । कोरोना र मौसमको खराबीका कारण हाल दैनिक १० देखि १२ उडान हुने गरेको छ । बुद्ध र गुण एयरलाइन्सले भरतपुर देखि काठमाण्डौँ र काठमाण्डौँदेखि भरतपुर उडान भर्दै आइरहेका छन् । एक–एक उडान पोखरा र भैरहवामा पनि हुने गरेको छ ।

सुरक्षित उडानका लागि सरकारले जारि गरेको निर्देशन अनुसार उडान भरेको बुद्ध एयरलाइन्स भरतपुरका स्टेसन म्यानेजर भक्त बहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो,जहाज र यात्रुको सामान नियमित निर्मलीकरण हुन्छ । यात्रुले डबल मास्क लगाउनु पर्छ । सेनिडाइजरको व्यवस्था गरिएको छ । कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य छ ।

बस्नेतले उडान शुल्क यात्रुको चापमा भरपर्ने बताउनुभयो । यात्रुको चाप धेरै भए ३ हजार ७ सय ३५ रुपैंया सम्म लिने गरेको उहाँको भनाई छ । Source: Narayanionline

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement