काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) पदाधिकारीहरुको छनोट गरेको छ । पार्टीमा वरिष्ठ नेतामा झलनाथ खनाल र मुकुन्द न्यौपाने रहेका छन् । सात जना उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह, जयन्ती राई रहेका छन् ।
त्यसैगरी महासचिवमा बेदुराम भुसाल र तीन उप–महासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल र सचिवहरुमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई, रामकुमारी झाँक्री रहेका छन् । बाँकी रहेका तीन सचिव पछि थपिने छन् ।
नेकपा एसले ३५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । केन्द्रीय सदस्यको संख्या ३ सय १ पुर्याएको नेकपा (एस) मा ७१ सदस्यीय पोलिटब्युरो हुने छ । त्यसैगरी ७ सय १ सदस्यीय केन्द्रीय प्रतिनिधि परिषद्समेत गठन गरेको सो पार्टीका प्रचार विभाजका प्रमुख जगन्नाथ खतिवडाले बताए ।
केन्द्रीय परिषद्मा प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तिमा एक जना, केन्द्रीय आयोग, विभाग, जनसंगठनको समेत आवश्यक प्रतिनिधित्व हुने सो पार्टीले जनाएको छ ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















