0Shares

खानीखोला जलविद्युत आयोजनाको सेयर गत साउन ६ गते प्रतिकित्ता ४५ रुपैयाामा  कारोबार भएको थियो । त्यही कम्पनीको सेयर बिहीबार २ सय ५० रुपैयाामा कारोबार भयो । अर्थात् आठ महिना नपुग्दै साढे चार सय प्रतिशतले भाउ अकासियो । यो कम्पनीले अहिलेसम्म आफ्ना लगानीकर्तालाई लाभांश दिन सकेको छैन । त्यति मात्र होइन, ४६ करोड चुक्ता पुाजीको यो कम्पनी ६६ करोड घाटामा छ । यस्तै स्थापनाकालदेखि लाभांश दिन नसकेको नेसनल हाइड्रोपावरको सेयर मूल्य अहिले प्रतिकित्ता २ सय ८१ रुपैयाा छ । ८ महिनामा यो कम्पनीको सेयर मूल्य पौने पााच गुणाले बढेको हो । गत साउनमा प्रतिकित्ता मूल्य ४९ रुपैयाा मात्र थियो । प्रतिफल पाउने सम्भावना नभए पनि सेयर मूल्य अकासिएको यी दुई कम्पनीको मात्र होइन । आाखुखोला, दिव्येश्वरी र जोशी हाइड्रोपावरको सेयर मूल्य पनि अस्वाभाविकरुपमा बढेको छ । प्रवर्द्धकले मनपरी खर्च गरेर आयोजनाको लागत बढाइ  सर्वसाधारणको लगानी जोखिममा पारेका कम्पनीमा लगानीकर्ता वित्तीय स्थिति अध्ययन नै नगरी होमिएका छन् ।

भ्रष्टाचारका ठूल्ठूला प्रकरण अदालतमा विचाराधीन रहेको, धेरै वर्षदेखि लाभांश पनि दिन नसकेको र वाषिर्क साधारण सभा समेत हुन छाडेको विशाल बजार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६ सयभन्दा माथि छ । ५ करोड रुपैयाा चुक्ता पुाजीको यो कम्पनीको सेयर मूल्य गत साउनमा प्रतिकित्ता साढे १५ सय थियो । उसको सेयर मूल्य अकासिनुपर्ने कुनै कारण छैन । लाभांश दिने संकेतसम्म नगरेको कम्पनीको मूल्य आठ महिनामा साढे तीन सय प्रतिशतले बढेको छ । गत वर्ष १५ प्रतिशत हाराहारीमा लाभांश दिएका वाणिज्य बैंकहरुको सेयर मूल्य ५ सय रुपैयााभन्दा कम छ । तर २५ प्रतिशत लाभांश दिएको साल्ट ट्रेडिङको सेयर मूल्य ११ हजारको नजिक पुगेको छ । १५ प्रतिशतभन्दा बढि लाभांश दिन नसकेका फाइनान्स कम्पनीमध्ये कतिपयको मूल्य १ हजार माथि छ । यही कारण सेयर बजारमा पछिल्लो समय देखिएको उछाललाई जानकारहरुले स्वाभाविक मानेका छैनन् ।

त्यसो त केही समूह मिलेर अस्वाभाविक रुपमा मूल्य बढाएको आशंकामा धितोपत्र बोर्डले अध्ययन थालेको छ । उसले लगानीकर्तालाई सचेत रहन सार्वजनिक रुपमै आग्रह पनि गरेको छ । तर चलखेल गरेर मूल्य बढाउनेहरु पहिचान गरी कारवाहीको दायरामा ल्याउने तत्परता भने नियामकले अहिलेसम्म देखाएका छैनन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement