0Shares

दाङमा खुकुरी देखाएर युवतीमाथि कुटपिट गर्ने एक युवक पक्राउ परेका छन्। युवकले तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-२  भंकेका २४ वर्षीय रमेश ठाडा मगर छन्।  प्रहरीका अनुसार उनी लागु औषधसहित पक्राउ परेका हुन्। घटना तीन महिना अघिको रहेको पनि प्रहरीले जनाएको छ।

युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर-धम्की दिँदै कुटपिट गरेको भिडिओ मंगलबार बेलुका २०:३० बजे आफ्नै फेसबुक आईडीमार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

भिडिओ  सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार २२:४० बजे उनकै घरबाट लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

सोही क्रममा तुलसीपुर -०२ बालापुर बस्ने २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement