0Shares

देवघाट (चितवन) । भरतपुरमा रहेको सिनर्जी एफएम ९१ दशमलब ६ मेघाहर्जले देवघाटस्थित रामजानकी बालिका आश्रममा आश्रित बालिकाहरूलाई खाना खुवाएर आफ्नो वार्षिकोत्सव मनाएको छ । रेडियोले बुधबार २० औं वार्षिकोत्सवको अवसरमा आश्रममा आश्रित बालिकाहरूलाई एक दिनको खाना खुवाएको हो ।

आश्रममा रहेका बालिकाहरूले हिन्दु धर्मअनुसार विभिन्न खालका मन्त्र उच्चारण गर्दै रेडियोलाई शुभकामना समेत दिएका थिए । लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित उक्त आश्रममा करिब ३० जना बालिकाहरू आश्रित छन् । आश्रमका अध्यक्ष सावित्री टण्डनका अनुसार कसैको जन्मदिन, कसैको पुण्य तिथी तथा कसैको विवाह उत्सव आदि कार्यक्रमबाटै आश्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । आश्रमको आफ्नै भवन निर्माणको चरणमा रहेको छ ।

आश्रमले ६ महिनादेखि ६ वर्षसम्मका बालिकाहरूलाई आश्रय दिँदै आइरहेको छ । आश्रम निर्माणको क्रममा रहेकाले भौतिक तथा आर्थिक सहयोग गर्न चाहनेहरूका लागि बाटो खुला रहेको आश्रमका अध्यक्ष टण्डनले बताउनुभयो ।

कार्यक्रममा सिनर्जी एफएमका स्टेशन म्यानेर रामकान्त पौडेलले रेडियो मार्फत आश्रमलाई आवश्यक सहयोग गर्न आफुहरु सधै तयार रहेको बताउनु भयो । कोभिड बीच भौतिक दुरु कायम गर्दै गरिएको उक्त कार्यक्रममा सञ्चारिका समूह चितवनको अध्यक्ष अजिता अधिकारी, सिनर्जी एफएमका कार्यक्रम म्यानेजर मनोज घिमिरे, समाचार प्रमुख जीवन रानाभाट र आश्रमको तर्फबाट आश्रमका अध्यक्ष सावित्री टण्डन, महासचिव रामेश्वर खनाल, आश्रमका बालिका काल्याणी लोककल्यणीले मन्तव्य सहितको शुभकामना राख्नु भएको थियो ।

सिनर्जी एफएमले २०५८ साल कार्तिक २६ गते चितवनको भरतपुरबाट आफ्नो प्रसारण शुरु गरेको थियो । सिनर्जी एफएम आकाशीय तरंगमार्फत हाल २० घण्टा र इन्टरनेट मार्फत चौबिसै घण्टा प्रशारण भइरहेको छ । समाचार र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गर्दै आइरहेको सिनर्जी हाल २००० वाट क्षमताबाट प्रसारणमा छ । सिनर्जी एफएम चितवनको पहिलो रेडियो हो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement