सरकारको प्रवक्ताको जिम्मेवारी प्रदिप ज्ञवालीलाई
काठमाडौं । सत्तारुढ दलभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्रिमण्डल पुनर्गठनमा समस्या देखिएको छ ।
यो समस्या थप पेचिलो बन्दै गएपछि मन्त्रिपरिषद् पुर्नगठनको केही ढिलो हुने संकेत देखिएको छ । जसका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई दिएका छन् ।
तत्कालका लागि प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिइएको हो । अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्तामा आफूलाई तोकिएको ज्ञवालीले जानकारी दिए । “तत्कालका लागि मैले सररकाका काम कारवाही सार्वजनिक गर्ने जिम्मेवारी पाएको छु,” उनले भने ।
सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी भने अहिले प्रधानमन्त्री मातहत नै रहेको छ । विभागीय मन्त्री आउन केही समय लाग्ने भएकाले प्रवक्ताको जिम्मेवारी ज्ञवालीको दिइएको हो ।
यसअघि प्रवक्ताको भूमिकामा रहेका डा. युवराज खतिवाडाले राजीनामा दिएपछि प्रवक्ताको ठाउँ खाली रहेको छ । अर्थसँगै खतिवाडाले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए ।
प्रवक्ता चयन भएका ज्ञवाली मिडिया फ्रेन्डली मन्त्री मानिन्छन् ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















