29Shares

भरतपुर । राष्ट्रिय बाल दिवसको अवसरमा यही भाद्र २९ गतेका दिन द आर्ट अफ लिभिङ नेपालले अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्दैछ । सुनौलो भविष्यतर्फ उन्मुख रहेका बालबालिकाहरु यस कार्यक्रममा उपस्थित भई आफ्नो हालसम्मको जीवन यात्रा र यात्रामा सिकेका अनुभवहरु आदानप्रदान गर्नेछन् ।
शुक्रबार अनलाइन पत्रकार सम्मेलनमा सो जानकारी दिईएको हो । पत्रकार सम्मेलनमा सहजकर्ता सञ्जय तुलाधरले सांस्कृतिक, आध्यात्मिक र मानवीय मूल्यलाई आत्मसात गर्दै यस कार्यक्रमबाट बालबालिकाहरुका सिर्जना, कला तथा अनुभवहरुलाई प्रस्तुत गर्न मौका दिई उनीहरुलाई प्रोत्साहित गर्न सघाउ पुग्ने बताए ।
तुलाधरका अनुसार विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसंग अहिले रहेका बालबालिकाहरुका हालको अवस्था, उनीहरुका आवश्यकता पूर्तिमा आउने समस्याहरु तथा निकट भविष्यमा रहेका अवसरहरुका बारेमा पनि कार्यक्रममा चर्चा गरिनेछ ।
आर्ट अफ लिभिङ फाउन्डेसन १५६ देशहरुमा संचालित एक गैर नाफामूलक, शैक्षिक र मानवीय संस्था हो । जुन विश्व प्रसिद्ध मानवीय र आध्यामिक गुरु पूज्य श्री श्री रविशंकरद्धारा स्थापना भएको हो । यस संस्थाको मूख्य उद्देश्य भनेको रोगमुक्त शरीर, तनावमुक्त मन र हिंसारहित समाजको निर्माण गर्नु हो ।
देशभरिका बालबालिकाहरुका लागि यो कार्यक्रममा राखिएका प्रस्तुति अवश्य पनि प्रेरणा दायक हुने द आर्ट अफ लिभिङ नेपालले जनाएको छ । यसका साथै बालबालिकाहरुको हकहितका लागि कार्य गर्ने संस्थाको प्रतिनिधिहरु पनि यस कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाउने संस्थाको उद्देश्य रहेको छ ।
यस कार्यक्रममा सानै उमेरमा आफ्नो सुरिलो आवाजले सबैलाई मनमुग्ध बनाउन सफल आयुश के.सी. आउदैछन् । उनी राष्ट्रिय तहमा आयोजित सुरमाला आइडलको विजेता हुनुका साथै भारतको “सा रे ग म प” भन्ने गायन प्रतियोगितामा अन्तिम चरणसम्म पुग्न सफल भएका थिए ।
त्यसैगरी नेपालको यू–१९ क्रिकेट टिमका क्यापटेन रोहित कुमार पौडेल पनि यस कार्यक्रममा सहभागि हुनेछन् । कार्यक्रम भदौ २९ गते साँझ ४ बजे देखि ६ बजे सम्म हुनेछ । कार्यक्रम ZOOM APPLICATION मार्फत संचालन गरिनेछ र www.facebook.com/yesclubnepal फेसबूक पेज मार्फत पनि प्रत्यक्ष प्रसारण गरिनेछ ।

29Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement